नेपालीहरुलाई सहज बनाउन सिटी एक्सप्रेस र फेडेरल एक्चेन्जको रेमिटान्स् कारोबार सुरु
प्रकाशित मिति
२०७८ बैशाख १६ गते, बिहीबार १२:५८
यूएईकाे ख्यातिप्राप्त फेडेरल एक्चेन्जको र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच सम्झौता गरी रेमिटान्स् कारोबार सुरु भएको छ ।

सम्झौता अनुरुप यूएईमा रहेका नेपालीहरुले फेडेरल एक्चेन्जको सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् ।

नेपालमा सिटी एक्सप्रेससँग आबद्ध १२ हजार भन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने वा नेपालको जुन सुकै बैंकको खातामा रकम जम्मा गर्न सकिने एक्सप्रेसले जनाएकाे छ ।
उत्त सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन रफेडेरल एक्चेन्जको तर्फबाट महाप्रबन्धक राजा आर आर लियानेजले हस्ताक्षर गरेका छन् ।
सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १४ वर्ष देखि संसार भरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।
आन्तरिक विप्रेषण अन्तर्गत देशभर छरिएर रहेका १२ हजारभन्दा बढि भुक्तानी केन्द्रहरुमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको सिटी एक्सप्रेसले जनाएकाे छ ।




प्रतिकृया