• २५ भदौ २०८३, बिहीबार
  • ४ः५५ बेलुका

व्यक्ति आफैँ रोकथाममा लाग्नुपर्छः मन्त्रालयका प्रवक्ता गौतम

प्रकाशित मिति

२०७८ बैशाख १४ गते, मंगलवार ०६:०५

काठमाडौं: मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सङ्क्रमण उच्च रहेका ठाउँमा दक्षजनशक्ति परिचालन गरिएको जानकारी दिए । ती ठाउँमा नजीकका ठाउँबाट जनशक्ति खटाउन थालिएको छ । मन्त्रालयले रोकथामका लागि आवश्यक पर्ने जनशक्ति थपका लागि दरबन्दी उपलब्ध गराउन बजेट पठाउने र सोही ठाउँबाट पदपूर्ति गर्न व्यवस्था मिलाएको छ ।

National Life

 

गत वर्ष सङ्क्रमण बढेका उदयपुर, मोरङ र पर्सालगायत ठाउँमा जनशक्ति परिचालन गरिएको थियो । उनले पहिले जस्तै सङ्क्रमण उच्च रहेका ठाउँमा दक्षजनशक्तिलाई परिचालन गर्ने तयारी गरिएको जानकारी दिए । उनले रोकथाम र नियन्त्रण सरकारले मात्र गर्ने नभएर सबै व्यक्ति आफैँ सचेत हुनुपर्ने बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

“चीन, दक्षिण कोरिया, सिङ्गापुर जस्ता मुलुकमा जनताले अनुशासित भएर जनस्वास्थ्यका मापदण्ड लागु गर्दा कोभिड–१९ लाई नियन्त्रण गर्न सकेका छन्”, उनले भने, “भारत, अमेरिका, ब्राजिललगायत हाम्रो देशमा जनताले अनुशासन पालना नगर्दा फेरि सङ्क्रमण फैलिन थालेको हो ।”

उनले हरेक व्यक्ति आफूबाहेक सबै सङ्क्रमित भएको ठानी दुई मिटरको भौतिक दूरी कायम राख्नुपर्ने, मास्क लगाउनुपर्ने र सेनिटाइजर प्रयोग गर्न सके मात्र सङ्क्रमणलाई नियन्त्रण गर्न सकिने बताए। उनका अनुसार कोभिड–१९ मलेरिया, टाइफाइड जस्ताका औषधि खाएर निको हुने रोग नभएकाले यसको कुनै ठोस उपचार नभएको बताए ।

“सङ्क्रमित पहिचान गर्ने र पहिचान गरिएकालाई क्यारेन्टिनमा राख्ने तथा बिरामीको उपचार गर्ने काम सरकारले गर्छ”, उनले भने, “ तर सरकारसंँग अक्सिजन, आइसियु, भेन्टिलेटर र शय्या प्रशस्त छ भनेर सन्देश दिनुहुँदैन । यसको उपचार छैन । त्यसैले सङ्क्रमण लाग्न दिनुहुँदैन ।” उनले सङ्क्रमण नियन्त्रण गर्न सरकारको कानूनभन्दा व्यक्तिको भूमिका महत्वपूर्ण रहेको स्पष्ट गरे ।

प्रतिकृया