अविश्वास प्रस्तावको छिनोफानो गर्न लुम्बिनीमा विशेष अधिवेशन डाकियो
प्रकाशित मिति
२०७८ बैशाख १४ गते, मंगलवार ०५:३८
रुपन्देही : लुम्बिनी प्रदेशसभामा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको टुंगो लगाउन वैशाख १९ गते विशेष अधिवेशन डाकिएको छ । प्रदेशसभा सचिवालयका अनुसार प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रअनुसार १९ गते आइतबार दिनको एक बजे बस्ने गरी प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरिएको हो ।
प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरले विशेष अधिवेशन सम्बन्धमा पत्र प्राप्त भइसकेको र सभामुखसँगको छलफलपछि सूचना प्रकाशित गर्ने तयारी भइरहेको बताए ।
गत वैशाख ६ गते नेपाली कांगे्रस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीलगाएतका प्रदेश सभा सदस्यहरुले मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरेका थिए । त्यसलगत्तै विपक्षी दलले प्रदेश प्रमुखको कार्यालयमा विशेष अधिवेशन बोलाउन माग गर्दै समावेदन गरेका थिए ।






प्रतिकृया