• २४ भदौ २०८३, बुधबार
  • १०ः०१ बिहान

पूर्वराजा रानीको उपचार अक्सिजनको सपोर्टमा : नर्भिक अस्पताल

प्रकाशित मिति

२०७८ बैशाख १४ गते, मंगलवार ०५:२८

काठमाडौं: कोरोनाभाइरस संक्रमित पूर्वराजा ज्ञानेन्द्र र रानी कोमललाई अक्सिजन दिएर अस्पतालमा उपचार भैरहेको छ । नर्भिक अस्पतालले मंगलबार विज्ञप्ती जारी गर्दै पूर्वराज दम्पतीलाई अक्सिजनको सपोर्टमा राखेर उपचार जारी राखिएको जनाएको हो ।

National Life

 

‘श्वासप्रश्वासको समस्या जटिल नबनोस् भन्ने उद्देश्यले पूर्वराजा र रानीलाई अक्सिजनको सपोर्टमा उपचार जारी राखिएको अस्पतालले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

 

उनीहरुसँगै अस्पताल भर्ना भएकी पूर्वअधिराजकुमारी प्रेरणा शाहलाई भने अक्सिजनको सपोर्टबिनै उपचार भइरहेको जानकारी दिइएको छ। गएको शनिबार दिउँसो उनीहरु नर्भिक अस्पतालमा भर्ना भएका थिए। उनीहरु तीनै जनाको स्वास्थ्य अवस्था सामान्य र स्थिर रहेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।

प्रतिकृया