• 10:24 pm

सीटी एक्सप्रेस मनी ट्रान्सफरद्वारा कोरोना बिमा दाबी भुक्तानी हस्तान्तरण

प्रकाशित मिति

२०७८ बैशाख १३ गते, सोमबार ०६:०५

काठमाडौँ : सीटी एक्सप्रेस मनी ट्रान्सफरले विश्वव्यापी फैलिरहेको महामारी कोभिड– १९ विरुद्घ आफ्ना अभिकर्ताको बिमा गराएको थियो।

 

 

जसअनुरूप मापदण्ड पुगेका ८ जना कोरोनापीडित अभिकर्तालाई, कोरोना बिमाको दाबी भुक्तानी रकम जनही ५० हजार सीटी एक्सप्रेसले हस्तान्तरण गरेको छ। साई बाबा रेमिट् , चाबहिलका हरिकुमार श्रेष्ठ, अनलाइन सब रेमिट्, काठमाडौंका दीपेन्द्र ढकाल, आनन्दमनी ट्रान्सफर, झापाका आनन्द थापा, डेस्टिनेसन डेलिभरी सर्भिस, कास्कीका लीला भट्टराई, मध्यबिन्दु ट्रेड सेन्टर, नवलपुरका गोपाल सिर्पाली, कलश मनी ट्रान्स्फर, सुनसरीका कुलबहादुर भारती, जिमिरेभर मनी नेटवर्क, परासीका शेरबहादुर गुरुङ र हीरा इन्टरप्राइजेज, नवलपुरका कृष्ण गिरी गरी ८ जनालाई चेक हस्तान्तरण गरिएको छ।सीटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै १४ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आएको छ।

 

 

आन्तरिक विप्रेषणअन्तर्गत सीटी एक्सप्रेसका देशभर छरिएर रहेका १२ हजारभन्दा बढी भुक्तानी केन्द्रमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिनेजस्ता सुविधा प्रदान गर्दै आएको छ।

प्रतिकृया