• २५ भदौ २०८३, बिहीबार
  • ५ः३४ बेलुका

नेपाल टेलिकमको डाटा, भ्वाइस र एसएमएस प्याक मोबाइल एपबाटै किन्न सकिने

प्रकाशित मिति

२०७८ बैशाख १२ गते, आईतवार ०४:५६

काठमाडौँ:  नेपाल टेलिकमको डाटा, भ्वाइस र एसएमएस प्याक ‘खल्ती’ डिजिटल वालेट मोबाइल एपबाटै किन्न सकिने भएको छ। खल्ती डिजिटल वालेटबाट खरिद गर्दा आफ्नो नम्बरका साथै अरूको मोबाइल नम्बरका लागि समेत खरिद गर्न सकिनेछ।

National Life

नेपाल टेलिकमको प्याक किन्न खल्ती एपको होमस्क्रिनमा रहेको डाटा प्याकभित्र गई चाहेको प्याक छनोट गरेर खरिद गर्न सकिनेछ। नेपाल टेलिकम र खल्ती डिजिटल वालेटबीच यससम्बन्धी सम्झौता भएको हो। सम्झौतापत्रमा नेपाल टेलिकमका निर्देशक मिनु प्रधान र खल्ती डिजिटल वालेटका सहायक प्रबन्धक जोनाम भूर्तेलले हस्ताक्षर गरे।

खल्तीका सहायक प्रबन्धक जोनाम भुर्तेल ग्राहकको आवश्यकता बुझी नेपाल टेलिकमको डाटा प्याकलाई मोबाइल एपमै ल्याएको बताउँछन्।

Classic Tech Mobile
Classic Tech Desktop

‘अब ग्राहकले आफ्नो मात्र नभई आफ्नो परिवार तथा साथीका लागि पनि प्याक खरिद गरिदिन सक्नेछन्,’ उनले भने, ‘यसले गर्दा प्याक कहाँबाट किन्ने थाहा नहुनेहरूलाई र डायल गर्नुपर्ने विभिन्न कोडले गर्दा झन्झट मान्नेहरूलाई समेत सजिलो भएको छ ।’

नेपाल टेलिकमका १२ देखि ३ हजार रुपैयाँसम्मका प्याक खल्तीमा उपलब्ध छन्।

ग्राहकले एपमा पैसा लोड गरी वा ‘खल्ती’ एपमा बैंक खाता लिंक गरी सिधै बैंकबाट सबै प्याकको भुक्तानी गर्न सक्नेछन्।

खल्ती वालेटको प्रयोग गरी ६० बैंकमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्सको टिकट खरिद, होटल रुम बुकिङ गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाको ग्राहक–शुल्क तिर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्नेजस्ता धेरै सेवा लिन सकिन्छ।

साथमा भुक्तानीमा पाइने क्यासब्याकको फाइदा उठाई रकम बचत गर्न पनि सकिन्छ।

प्रतिकृया