• ९ असोज २०८३, शुक्रबार
  • ८ः४९ राती

त्रिकोणात्मक टीट्वेन्टी शृंखला: नेदरल्याण्ड्स र नेपाल  फाइनलमा भिड्ने

प्रकाशित मिति

२०७८ बैशाख ८ गते, बुधबार ०४:५१

काठमाडौँ: त्रिकोणात्मक टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको फाइनलमा नेदरल्याण्ड्स र नेपाल पुगेका छन्। बुधबार भएको खेलमा नेदरल्याण्ड्सले मलेसियासँग बराबरी खेलेपछि नेपाल पनि फाइनल पुगेको हो। चार खेलबाट नेदरल्याण्ड्सले पाँच अंक जोड्यो। तीन खेलबाट नेपालको ४ अंक छ।

National Life

तीन खेल खेलेको मलेसियाको दुई अंक मात्र छ। लिग चरणको अन्तिम खेलमा बिहीबार मलेसिया र नेपाल भिड्दैछन्। डक वर्थ लुइस नियमका आधारमा १० ओभरमा ९२ रन बनाउनुपर्ने लक्ष्य पाएको मलेसियाले ९१ रनमात्र जोड्न सकेको हो। मलेसियालाई अन्तिम ओभरमा ७ रन मात्र आवश्यक भएपनि सेबास्टियन ब्रातले कसिलो बलिङ गरे। अन्तिम बलमा दुई रन आवश्यक रहेको अवस्थामा मलेसियाले एक रन मात्र थप्न सक्यो।

वर्षाले खेल प्रभावित भएपछि नेदरल्याण्ड्सले १३ ओभरमा घटाइएको खेलमा एक सय ७ रन बनाएको थियो। मलेसियाले १३ ओभरमा एक सय २० रन बनाउनुपर्ने लक्ष्य पाएको थियो। फेरी खेल वर्षाले रोकिएपछि मलेसियाले नयाँ लक्ष्य पाएको थियो १० ओभरमा ९२ रन बनाउनुपर्ने ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया