• १० असोज २०८३, शनिबार
  • १ः२५ राती

कोपा डेल रेुको उपाधि बार्सिलोनालाई

प्रकाशित मिति

२०७८ बैशाख ५ गते, आईतवार ०७:४२

एजेन्सी : बार्सिलोनाले जित्यो ‘कोपा डेल रे’को उपाधिस्पेनिस जायन्ट बार्सिलोनाले कोपा डेल रेको उपाधि जितेको छ ।

National Life

गएराति भएको फाइनल खेलमा एथ्लेटिका क्लब बिल्वाओलाई ४-० गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले उपाधि जितेको हो ।  बार्सिलोनाको यो सिजनको पहिलो उपाधि पनि हो ।

उपाधि भिडन्तको पहिला हाफ बराबरीमा रहँदा सबै गोल दोस्रो हाफमा भएको थियो । सेभियामा भएको फाइनलमा चार गोल नै ६० देखि ७२ मिनेटबीचमा भएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

बार्सिलोनाका लागि कप्तान लियोनल मेस्सीले दुई गोल गर्दा एन्टोनी ग्रिजम्यान र फ्रान्कि डि योङले एक एक गोल गरेका थिए ।

खेलको ६०औँ मिनेटमा गिज्रम्यानले गोल गर्दै बार्सिलोनलाई अग्रता दिलाएका थिए । ६३औँ मिनेटमा योङले अग्रता दोब्बर बनाएका थिए ।

बाँकी दुई गोल  भने ६८ र ७२औँ मिनेटमा लगातार कप्तान मेस्सीले  गरेपछि बार्सिलोना फाइनलमा ४-० गोल अन्तरले विजयी भएका हुन्  ।

 

प्रतिकृया