• १० असोज २०८३, शनिबार
  • १२ः०२ राती

नेदरल्याण्ड्सले दियो नेपाललाई १३७ रनको लक्ष्य

प्रकाशित मिति

२०७८ बैशाख ४ गते, शनिबार ०२:५९

काठमाडौँ– त्रिकोणात्मक टि–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत नेदरल्याण्ड्सले नेपाललाई १३७ रनको लक्ष्य दिएको छ।

National Life

नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १३६ रन बनाएको हो।

नेदरल्याण्ड्सका लागि बास डे लिसले सर्वाधिक ४१ रन बनाए। यस्तै स्कोट एडवार्ड्सले ३०, पीटर सिलारले २३ र एन्टोनियस स्टालले २० रन बनाए।

Classic Tech Mobile
Classic Tech Desktop

बलिङतर्फ नेपालका सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी र शाहब आलमले एक–एक विकेट लिए।

नेपालले सिरिजको दोस्रो खेलमा वैशाख ६ गते मलेशियासँग खेल्ने छ। तेस्रो खेलमा नेपालले नेदरल्याण्ड्ससँग वैशाख ७ गते र लिगको अन्तिम खेलमा मलेशियासँग वैशाख ९ गते खेल्ने छ।

सिरिजको शीर्ष दुई टिम उपाधिका लागि खेल्ने छन्। फाइनल वैशाख ११ गते हुनेछ।

प्रतिकृया