रोयटर्सको इतिहासमा पहिलो पटक महिला प्रधान सम्पादक : गलोनी
प्रकाशित मिति
२०७७ चैत्र ३१ गते, मंगलवार १२:१७
एजेन्सी: समाचार संस्था रोयटर्समा प्रधान सम्पादकका रुपमा इटालीको रोमकी ४७ वर्षीया अलेसान्द्रा गलोनी बन्ने भएकी छन् ।
समाचार संस्था रोयटर्सले आफ्ना शीर्ष सम्पादक मध्येबाट अलेसान्द्रालाई भावी प्रधान सम्पादकका रुपमा चयन गरेको हो ।
विश्वव्यापी रुपमा सेवा प्रदान गर्दै आएको समाचार संस्था रोयटर्सको १सय ७० वर्षको इतिहासमा प्रधान सम्पादक बन्ने अलेसान्द्रा पहिलो महिला हुन् ।
चार भाषामा पोख्त गलोनीले पत्रकारका रुपमा व्यवसाय र राजनीतिक बिटमा रिपोर्टिङ्ग गरेकी हुन्। गलोनीले स्टीफन जे एड्लरको स्थान लिने छिन्। एड्लरले यहि महिना ९अप्रिल० अवकाश लिँदै छन्।
उनले एक दशकदेखि रोयटर्सको प्रधान सम्पादकको भूमिका निर्वाह गर्दै आएका छन्। उनको नेतृत्वमा रोयटर्सले सात पुलित्जर पुरस्कारसहित पत्रकारिता क्षेत्रका सयौँ पुरस्कार प्राप्त गर्न सफल भएको छ ।
रोयटर्स अघि उनले द वाल स्ट्रिट जर्नलमा काम गरेकी थिइन्। विश्वभर गरेर रोयटर्समा २४ सय ५० पत्रकार आवद्ध छन् । उनीहरु सबैको नेतृत्व गलोनीले गर्ने छिन् ।








प्रतिकृया