युनाइटेडको जित
प्रकाशित मिति
२०७७ चैत्र ३० गते, सोमबार ०८:२९
काठमाडौँ : प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले जित निकालेको छ । आइतबार राति टोटेनहमको घरेलु खेल मैदानमा भएको दोस्रो स्थानमा रहेको युनाइटेडले टोटेनहममाथि ३-१ गोलको जित निकालेको हो ।
टोटेनहमको घरेलु मैदानमा भएको खेलमा युनाइटेडलाई जित दिलाउन फेरेड, इडिन्सन काभानी र मसोन ग्रिनउडले समान एक-एक गोल गरे ।टोटेनहमका लागि भने सन हुगन्ज मिनले एक गोल फर्काए ।
टोटेनहमले घरेलु मैदानमा लिएको अग्रतालाई जोगाउन नसक्दा हार बेहोर्नु परेको हो ।सनले खेलका ४० औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए ।
युनाइटेडका लागि खेलको ५७ औं मिनेटमा फेरेडले बरबारी गोल फर्काए ।काभानीले ७९ औं मिनेटमा गोल गर्दै टिमलाई २-१ गोलको अग्रता दिलाए ।खेलको इन्ज्युरी समाय ग्रिनउडले गोल गर्दै टिमलाई ३–१ गोलको जित दिलाए ।
जितसँगै युनाइटेडले लिगमा शीर्ष स्थानको सिटीसँगको अंक दूरी कम बनाएको छ । लिगमा ३१ खेल खेलेको युनाइटेडको ६३ अंक छ ।
एक खेल बाढी खेलेको सिटी ७४ अंकसहित तालिकाको शीर्ष स्थानमा छ ।पराजित टोटेनहम ३१ खेलबाट ४९ अंक जोड्दै तालिकाको सातौं स्थानमा छ ।







प्रतिकृया