आजको मौसम: अपराह्नपछि वर्षाको सम्भावना
प्रकाशित मिति
२०७७ चैत्र २६ गते, बिहीबार ०७:१८

काठमाडौँ: मुलुकभर स्थानीय र पश्चिमी वायुका साथै तल्लो वायु चापीय न्युन प्रणालीको प्रभावले आज देशका पहाडी भेगमा वर्षाको सम्भावना रहेको छ । हाल देशको पहाडी भू- भागहरुमा आंशिक बदली रही केही भूभागहरुमा तुवाँलो लागेको अवस्था रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज अपराह्नपछि मुलुकभरका पहाडी भेगका एक दुई स्थानमा मेघगर्जन र चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बिहान जारी गरेको पूर्वानुमान बुलेटिनमा उल्लेख छ । यस्तो छ तीन दिनको पूर्वानुमान-
चैत्र २६ गते बिहीबार
दिउँसो: देशका पहाडी भू-भागमा आंशिकदेखि समान्य बदली रही बाँकी भू-भागमा मौसम आंशीक बदली रहने छ । प्रदेश १ का पहाडी भ-भागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू-भागका एक वा दुइ स्थानमा अपरान्हतिर मेघगर्जन र चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
राति : देशका पहाडी भू-भागमा आंशिकदेखि समान्य रही बाँकी भू-भागमा मौसम आंशीक बदली रहने छ । पहाडी भू- भागका एक दुई स्थानमा मेघगर्जनरचट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
चैत्र २७ गते शुक्रबार
दिउँसो: देशका पहाडी भू- भागमा आंशिकदेखि समान्य बदली रही बाँकी भू-भागमा मौसम सफा रहने छ । प्रदेश १ का पहाडी भू-भागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू-भागका एक वा दुइ स्थानमा अपरान्हतिर मेघगर्जनरचट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
राति: देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ का पहाडी भू-भागका थोरै स्थान र बाकी प्रदेशका पहाडी भू-भागका एक वा दुइ स्थानमा अपरान्हतिर मेघगर्जन र चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
चैत्र २८ गते शनिबार
दिउँसो: देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा रहने छ । प्रदेश १ का पहाडी भू-भागका एक वा दुइ स्थानमा अपरान्हतिर मेघगर्जनरचट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
राति : देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ का पहाडी भू-भागका थोरै स्थान र बाकी प्रदेशका पहाडी भू-भागका एक वा दुइ स्थानमा अपरान्हतिर मेघगर्जनरचट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
प्रतिकृया