सांसद प्रदीप यादवले गरे संसद क्षेत्र विकास कोषको रकमले बाटो ढलान
प्रकाशित मिति
२०७७ चैत्र २५ गते, बुधबार ०६:००
वीरगञ्ज: प्रतिनिधिसभा सदस्य प्रदीप यादवले संसद क्षेत्र विकास कोषको रकम प्रयोग गर्दै वीरगञ्जमा ढलान सडक र नाला निर्माणको गरेका छन्।
वीरगञ्ज महानगरपालिका वडा नम्बर २३ इटियाही टोलस्थित शिवनारायण यादवको घर हुँदै दीपनारायण महरादेखि थप २० मिटर निर्माण हुनलागेको ढलान सडक र नाला निर्माणको सांसद् यादवले शिलान्यास गरेका हुन् ।
सांसद् यादवको संसदीय विकास कोषको १० लाख रुपैयाँ रकमबाट निर्माण हुनलागेको १ सय २० मिटर लामो ढलान सडक र नाला निर्माण पश्चात इटियाहीवासीले वर्षौंदेखि झेल्दै आएको खराब सडक र नालाको समस्याबाट छुट्कारा पाउने विश्वास लिइएको छ ।
शिलान्यास कार्यक्रममा बोल्दै सांसद् यादवले समृद्धिका लागि सबैभन्दा महत्वपूर्ण पक्ष सडक भएकोले गाउँगाउँमा सडक निर्माण गर्नु आफ्नो पहिलो प्राथमिकता भएको बताए । उनले सडक निर्माणसँगै इटियाहीका जनताले अब वर्षायाममा हिलो र सुख्खा समयमा धुलो धुवाको समस्याबाट समाधान पाउने बिश्वास लिएको बताए।
जनता समाजवादी पार्टी नेपालको केन्द्रीय सदस्यसमेत रहेका सांसद् यादवले आगामी दिनमा इटियाहीका जनताका लागि थप विकास निर्माणका योजनाहरु पाईपलाइनमा रहेको जानकारी गराए ।
सडक ढलान तथा नाला निर्माण उपभोक्ता समितिले निर्माण गर्न लागेको ढलान सडक र नालाको काम जेठ मसान्त भित्र सक्नुपर्ने समितिका अध्यक्ष मनोजकुमार यादवले बताए ।






प्रतिकृया