• २५ भदौ २०८३, बिहीबार
  • ९ः३९ राती

बिस्केट जात्रा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

प्रकाशित मिति

२०७७ चैत्र २५ गते, बुधबार ०५:२२

काठमाडौँ :सर्वोच्च अदाललते भक्तपुरमा नयाँ वर्षमा मनाइने बिस्केट जात्रा नरोक्न अन्तरिम आदेश जारी गरेको छ। भक्तपुकार स्थानीय बासिन्दा एवं अधिवक्ता राजकुमार सुवालले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले जात्रा रोक्ने निर्णय कार्यान्वन नगर्न जिल्ला प्रशासन कार्यालय भक्तपुरलाई आदेश दिएको हो।

National Life

 

आइतबार प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईको अध्यक्षतामा बसेको कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्रले कोरोना संक्रमण बढेको भन्दै जात्रा गर्न नदिने निर्णय गरेको थियो। उक्त निर्णयविरुद्ध मंगलबार परेको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले जात्रा सञ्चालन गर्न भनेको हो। जात्रा रोक्ने प्रशासनको निर्णयप्रति भक्तपुरकार स्थानीय बासिन्दा एवं गुठियारहरु आक्रोशित थिए। सर्वोच्चले उक्त निर्णय गर्नुपर्नाको कारणसमेत पेश गर्न भनेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

उनीहरुले प्रशासनले भने पनि जात्रा नरोक्ने भन्दै रथ निमार्णको कामलाई तीव्रता दिँदै आएका थिए।

यस्तै भक्तपुर नगरपालिकाले बुधबार शान्ति पूर्ण र कोरोनाबाट बच्न होसियारी पूर्वक जात्रा चलाउने निर्णय गरेको छ। नगरपालिको सरोकारवालहरुसँग छलफल गरेर रथ तान्ने र लिंगो ठ्ड्याउने परम्परालाई यस वर्ष पनि निरन्तरता दिने निर्णय गरेको हो।

भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिले आह्वान गरेको बैठकमा गुठियार, स्थानीय बासिन्दा सहभागी थिए।

प्रतिकृया