• ३ असोज २०८३, शनिबार
  • ८ः२९ राती

अर्कैको पासपोर्टमा त्रिभुवन विमानस्थलबाट ३९ पटक विदेश ओहोरदोहोर

प्रकाशित मिति

२०७७ चैत्र २४ गते, मंगलवार ०५:५९

काठमाडौँ अर्कैको राहदानी ‘पासपोर्ट’ प्रयोग गरेर एक व्यक्ति ३९ पटक त्रिभुवन विमानस्थलबाट विदेश ओहोरदोहोर गरेको पाइएको छ।

National Life

प्रहरीको अपराध महाशाखाले‍ सुनसरीको दुहबी भलुवा नगरपालिका(४ घर भएका ४४ वर्षीय महेन्द्र भण्डारीलाई नक्कली राहदानी बनाएको र प्रयोग गरेको आरोपमा पक्राउ गरेको हो। महाशाखाका अनुसार भण्डारीले गोरखाको धुवाकोट(३ का राजु पौडेलका नाममा जारी दुईवटा राहदानी प्रयोग गरेका थिए। ती दुईवटा राहदानी प्रयो गरेर उनी सन् २०१५ देखि २०१९ को बीचमा ३९ पटक कतार गएको महाशाखाले जनाएको छ। म्यानपावरको कामका लागि उनी कतारमा बस्ने गर्थे। तर कतार सरकारले उनलाई ब्ल्याक लिस्टमा राखेपछि भण्डारीले अर्कैको पासपोर्ट प्रयोग गर्न सुरु गरेका थिए। महाशाखाले सुरुमा पौडेलको राहदानीमा फोटो परिवर्तन गरि प्रयोग गरेको र पछि पौडेलकै नाममा एमआरपीसमेत निकालेको जनाएको छ।

‘भण्डारीले कसरी एमआरपी निकाल्न सफल भए भन्नेबारे अनुसन्धान गरिरहेका छौँ’, महाशाखाका प्रवक्ता बद्री पंगेनीले भने। पछिल्लोपटक भने उनी आफ्नै राहदानी प्रयोग गरेर कतारबाहेकका देश ओहोरदोहोर गरिरहेका थिए। हिमालयन एयरलाइन्सको विमानमार्फत दुबईबाट पछिल्लोपटक नेपाल आएका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया