• 9:58 pm

डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा प्रद्युमन पोखरेल

प्रकाशित मिति

२०७७ चैत्र २४ गते, मंगलवार ०६:१५

Devlapment bank e1617712199608

डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल चयन हुनुभएको छ । एशोसियसनको मंगलबार कसरा रिसोर्ट, पटीहानी २, भरतपुर, चितवनमा सम्पन्न पन्ध्रौं वार्षिक साधारण सभाले अध्यक्ष पोखरेलसहित अन्य पदाकिारीलाई सर्वसम्मत चयन गरेको हो ।

एशोसिएसनको उपाध्यक्षमा सांग्रिला डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ, सचिवमा महालक्ष्मी बिकास बैंकका प्रमुखकार्यकारी अधिकृत बोधराज देवकोटा, कोषाध्यक्षमा कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत चयन हुनुभएको छ ।

सदस्यहरुमा लुम्विनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहरा, साइन रेसुंगा डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल, ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट, सप्तकोशी डेभलपमेण्ट बैंकका नविन सुवेदी, ग्रिन डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत उमेशकुमार आचार्य चयन हुनुभएको छ ।

 

नवनियुक्त कार्य समितिका पदाधिकारीहरुले सपथ ग्रहण गरी कार्यभार पनि सम्हाली सक्नुभएको छ । एशोसियसनको पन्ध्रौं वार्षिक साधारण सभाले आ।व। २०७६र०७७ को लेखापरीक्षण प्रतिवेदन, अध्यक्षको प्रतिवेदन, आ।व। २०७७र७८ को अनुमानित आयब्यय र लेखा परीक्षक नियुक्तिलगायतका प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ ।

नवनिर्वाचित अध्यक्ष पोखरेलले आफुलाई अध्यक्षपदमा निर्वाचित गर्नुभएको धन्यवाद ज्ञापन गर्दै सबैको सहयोगबाट विकास बैंकहरुको हक र हितकालागि कार्य गर्न लागि पर्ने प्रतिबद्धता जनाउनुभयो ।

प्रतिकृया