• 4:41 pm

सुनको भाउमा उतारचढाव कायमै, आज तोलामा २०० रुपैयाँ महङ्गियो सुन

प्रकाशित मिति

२०७७ चैत्र १२ गते, बिहीबार ११:५२

काठमाडौँ: केही समय यता सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव देखिने क्रम जारी छ । हिजो घटेको सुनको भाउ बिहीबार भने तोलामा २०० रुपैयाँ बढेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा ८६ हजार ९०० रुपैयाँमा कारोबार हुनेछ । अघिल्लो दिन बुधबार सुनको भाउ ८६ हजार ७०० रुपैयाँ रहेको थियो ।

 

आज तेजावी सुन भने प्रतितोला ८६ हजार ४५० रुपैयाँमा कारोबार हुनेछ ।

 

यता, चाँदीको भाउ भने घटेको महासंघले जनाएको छ । बुधबार तोलामा एक हजार २४० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज भने प्रतितोला १० रुपैयाँले घटेर एक हजार २३० रुपैयाँ कायम भएको हो ।

प्रतिकृया