• १६ असोज २०८३, शुक्रबार
  • ८ः५३ राती

अब नर्भिकले पनि टेस्टट्यूब बेबी सेन्टर संचालनमा ल्याउने

प्रकाशित मिति

२०७७ चैत्र ११ गते, बुधबार ०२:०७

काठमाडौँ : देशकै स्तरीय अस्पताल, नर्भिक इन्टरनेशनल हस्पिटलमा अब बाँझोपनको समेत अत्याधुनिक प्रविधिबाट उपचार हुने भएको छ । विभिन्न कारणले सन्तान नभएकाहरुका लागि आधुनिक प्रविधिहरु भित्राएर नर्भिक अस्पतालले छिट्टै बाँझोपनको उपचार गर्ने विशेष प्रजनन् केन्द्र नै स्थापना गरी अन्तराष्ट्रिय स्तरको सेवा दिने तयारी थालेको हो।

National Life

नर्भिक इन्टरनेशनल हस्पिटलकी प्रबन्ध निर्देशक मेघा चौधरीकाअनुसार नर्भिकले २ महिनाभित्रमा छुुट्टै आइभिएफ एण्ड फर्टिलिटि सेन्टर सञ्चालनमा ल्याउन लागेको हो। नेपालकै चर्चित वरिष्ठ स्त्री रोग तथा टेस्ट ट्यूब बेबी विशेषज्ञ एवम् ल्याप्रोस्कोपिक सर्जन डा। नूतन शर्मा नेतृत्वको टिमले उपचार सेवा प्रदान गर्नेछ।

डा। शर्माकाअनुसार नर्भिक अस्पतालको आइभिएफ एण्ड फर्टिलिटि सेन्टर नेपालका अस्पतालहरुमध्येकै अत्याधुनिक एवम् सुविधायुक्त हुनेछ। विश्वमा पछिल्लो समय अभ्यासमा आएका अत्याधुनिक उपकरण तथा प्रविधिहरुको प्रयोग गरी स्तरीय स्वास्थ्य सेवा दिइने योजना बनाइएको डा। शर्माले जानकारी दिइन्।

Classic Tech Mobile
Classic Tech Desktop

यो सेन्टरमा बंशाणुगत रोगको पहिचान गर्ने प्रि–जेनेटिक डाइग्नोसिस सेवासहितको ल्याब समेत संचालन हुनेछ। नेपालमा हालसम्म कुनै पनि आइभिएफ सेन्टरमा प्रि–जेनेटिक डाइग्नोसिस सेवा संचालनमा आउन सकेको छैन। प्रि–जेनेटिक डाइग्नोसिसमार्फत स्वस्थ भ्रुणको अवस्था पहिचान गरी गर्भाधारण गराउने गरिन्छ। जसका कारण भविष्यमा जन्मिने बच्चाहरुमा हुनसक्ने विभिन्न खाले बंशाणुगत रोगको जोखिम निराकरण हुने चिकित्सकको भनाई छ ।

डा। शर्माले विगत १५ वर्षदेखि काठमाण्डौँका विभिन्न अस्पतालसँग आवद्ध रहेर स्त्री रोग तथा बाँझोपनको समस्या रहेका सयौं बिरामीलाई सेवा दिइसकेकी छन् । नर्भिकको यो सेन्टरमा आधुनिक सुविधासहित स्त्री रोग, प्रसूति सेवाका साथै निसन्तान दम्पत्तिहरुका लागि उपचार सेवा उपलब्ध हुनेछ ।

परिवर्तित जीवनशैली, वातावरणीय अवस्था र बढ्दो तनाव लगायतका कारणले अधिकांश महिलामा बाँझोपन अर्थात निसन्तान सम्बन्धी समस्या विकराल बन्दै गएको छ।

बढ्दो उमेर, ढिलो विवाह, धुम्रपान तथा मादक पदार्थको सेवन, यौन सम्बन्धी रोग, पाठेघरको संक्रमण, असुरक्षित गर्भपतन, महिनावारी रोक्ने औषधिको अधिक सेवन, लामो समयसम्म गर्भनिरोधक अस्थायी साधनको प्रयोग, अधिक मोटोपन, सुगर तथा थाइराइडको समस्या लगायतका कारणले पनि महिलाहरुमा बाँझोपन हुने अध्ययनहरुले देखाएका छन् ।

प्रतिकृया