• २९ भदौ २०८३, सोमबार
  • ४ः०९ बेलुका

कर्णालीको पम्पडेको भीरमा ट्रयाक खुल्यो, गाडी गुड्न थालेपछि स्थानिय खुसी

प्रकाशित मिति

२०७७ चैत्र ८ गते, आईतवार १२:५५

सिमकोट : कर्णाली करिडोर अन्तर्गत हुम्ला खण्डको पम्पडे भीरमा गाडी गुड्न थालेपछि हुम्लावासी खुसी भएका छन्। असजिलो कडा चट्टानी खण्डको भीरलाई एक वर्ष लगाएर सेनाले सडकको रुप दिँदा गाडी गुड्न संभव भएको हो।

National Life

अनकण्टार र चट्टानी भीर बिष्फोट गरि नेपाली सेनाले सडक निर्माण गरेर गाडी गुडाउन सफल भएकोमा खुशी ब्यक्त गर्दै सर्केगार्ड गाउँपालिका – ४ का स्थानीय दिवाकर छत्यालले अब जनताको जीवन स्तरमा सहजता आउने बताए।

त्यस्तै चंखेली गाउँपालिका वडा नम्बर ४ का गजेन्द्र शाहीले सेनाको रात दिनको मिहिनेतले पप्पडे भीरमा गाडी गुड्न सफल भएको बताए । अब सलीसल्लामा पुल निर्माण भए गाउँसम्मै गाडी गुड्ने उनले बताए।

Classic Tech Mobile
Classic Tech Desktop

पम्पडे भीर फुटाएर गाडी गुड्ने सडक निर्माण गर्न एक वर्ष समय लागेको खुलालु, लैफ, कवाडी हुँदै सलीसल्ला क्षेत्रको सडक निर्माणको जिम्मा पाएको सेनाको निर्माण दलका सेनानी मिलन कार्कीले जानकारी दिए । सो क्षेत्रमा एक सय मिटर लम्बाई र चालिस मिटर अल्गो चट्टानलाई विष्फोट गरेर सडकको रुप दिइएको छ।

प्रतिकृया