• २७ भदौ २०८३, शनिबार
  • ५ः०४ बेलुका

ताप्लेजुङका आगलागी पीडितलाई अमेरिकाबाट सहयोग

प्रकाशित मिति

२०७७ चैत्र ८ गते, आईतवार ११:२५

ताप्लेजुङ :ताप्लेजुङमा घर भई अमेरिकामा बस्दै आएका तीन समाजसेवी तथा व्यवसायीले ताप्लेजुङको दोभानका आगलागी पीडितलाई रु सात लाखभन्दा बढी राहत रकम सङ्कलन गरी प्रदान गरेका छन्।

National Life

 

समाजसेवी तथा रेष्टुरेण्ट व्यवसायी बीरु गुरुङ, नुन चिनी पानी अभियानकर्मी तथा पत्रकार अर्जुन दाहाल र नुन चिनी पानी अभियानकर्मी तथा गायक केशव दाहालको पहलमा सङ्कलित रु सात लाख ४३ हजार ८८५ शनिबार पीडित परिवारलाई वितरण गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

 

अमेरिकामा रहेका ताप्लेजुङवासीलगायतबाट सङ्कलन भएको रकम समाजसेवी शिवकुमार गुरुङमार्फत आगलागीबाट विस्थापित ५९ परिवारलाई वितरण गरिएको हो। गुरुङले आगलागी क्षेत्रमा पुगेर मेरिङ्देन गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीको समन्वयमा राहत वितरण गरे।

आगलागी पीडितलाई सानो भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले राहत सङ्कलन गरी पठाइएको अमेरिकामा रहेका अर्जुन दाहालले जानकारी दिए। गत फागुन १८ गते भएको आगलागीबाट मेरिङदेन गाउँपालिका–३ मा पर्ने दोभानका ५० घर जलेर नष्ट भएका थिए भने ५९ परिवार विस्थापित बनेका थिए।

प्रतिकृया