सिताराम पद्मकुमारी फाउण्डेसनले आफ्नो काम थाल्यो
प्रकाशित मिति
२०७७ चैत्र ८ गते, आईतवार ११:१०
काठमाण्डौ: सिताराम पद्मकुमारि फाउण्डेसनले आफ्ना आगामी कार्यक्रम बारे जानकारी एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। फाउण्डेसनले काठमाडौंको कोटेश्वर स्थित महादेवस्थानको लोटस पार्टी प्यालेसमा एक कार्यक्रम गरि फाउण्डेसनका आगामी गतिबिधी र कार्यक्रम सार्वजनिक गरेको हो।
समाजसेवी स्व. सिताराम ढकालको सम्झनामा उहाँका परिवारले भर्खरै स्थापना गरेको यस संस्थाले स्वीकृत विधान बमोजिम मानवीय र सामाजिक सेवाका विविध क्षेत्रमा कार्य गर्ने जनाएको छ।
स्व. ढकालका सामाजिक सेवाका कार्यलाई निरन्तरता दिने कुरा उहाँका जेष्ठ सुपुत्र प्रहरी वरिष्ठ उपरिक्षक भिम ढकालले बताउनुभयो । उहाँका अनुसार यस संस्थाले शैक्षिक, जेष्ठ नागरिक, बालबालिका, युवा, खेलकुद, स्वास्थ्य, कृषि, वातावरण लगायतका क्षेत्रमा जनहितकारी कार्यक्रमहरु संचालन गर्ने छ ।
संस्थाका अध्यक्ष विश्वमणी गौतमको अध्यक्षता सम्पन्न उक्त कार्यक्रममा पुर्व मन्त्री टंक ढकालले स्व. सिताराम ढकाललाई आफुले सानैदेखि असल समाजसेवक र शिक्षा सेवीको रुपमा चिनेको बताउनुभयो । दावाली मिलन क्लवका अध्यक्ष रोशन श्रेष्ठले फाउण्डेसनको अभियानमा आफ्नो
सक्रिय साथ सहयोग रहने बताउनुभयो ।
त्यस्तै पुर्व सचिव चन्द्र घिमिरेले शोकलाई शक्तिमा बदलेर सक्रिय समाज सेवा गर्नुपर्ने बताउनुभयो । संस्थाका सचिव राजेन्द्र ढकालले संचालन गरेको उक्त कार्यक्रममा कोटेश्वरका समाजसेवी कृष्णमुरारी कोइराला, नवराज गौतम तथा
कार्यक्रमका जेष्ठ सदस्य राजेन्द्र ढकाल समेतले स्व. सिताराम ढकालकोसामाजिक सेवा र जेष्ठ नागरिक हकहितका लागि गरेको योगदानको चर्चा गर्नु भएको थियो ।
आयोजकका अनुसार तत्काल उक्त फाउण्डेसनले काठमाडौं, विराटनगर र भोजपुरमा आफ्ना क्रियाकलापहरु संचालन गर्ने छ । उक्त कार्यक्रममा समाजसेवी उद्योगी व्यावसायी प्रशासक राजनीतिज्ञ लगायतको उपस्थिति थियो ।








प्रतिकृया