• 12:25 am

अन्नपूर्ण तथा धौलागिरी आरोहणमा जान लागेकी माया शेर्पालाई राष्ट्रिय झन्डासहित विदाइ

प्रकाशित मिति

२०७७ चैत्र ८ गते, आईतवार ०५:२१

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले अन्नपूर्ण तथा धौलागिरी आरोहण गर्न जान लागेकी माया शेर्पालाई राष्ट्रिय झन्डासहित विदाइ गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा झण्डा हस्तान्तरण गर्दै उनले सफलता पूर्वक आरोहण गरेर फर्कन शुभकामना दिए । यसका साथै आफ्नो स्वास्थ्य र भौतिक अवस्था सबै विचार गरेर आरोहण गर्न सुझावसमेत दिए ।

सन् २००३ देखि हिमाल आरोहण सुरु गरेकी शेर्पाले विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमाल आरोहण गर्ने लक्ष्य राखेकी छिन् । यसमध्ये पाँच वटा हिमालको आरोहण गरिसकेकी छिन् । शेर्पाले यसअघि तीन पटक सर्वोच्च शिखर सगरमाथाको सफलआरोहण गरेकी छिन्

प्रतिकृया