• 4:37 pm

भाषणले भोट आउँदैन, जनताको घरदैलोमा पुग्नुहोस: देउवा

प्रकाशित मिति

२०७७ चैत्र ८ गते, आईतवार ०५:१६

काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनावमा बहुमत प्राप्त गरेर प्रधानमन्त्रीसहित पूर्णरूपमा कांग्रेसले सरकार चलाउने दाबी गरेका छन् । गिरिजाप्रसाद कोइरालाको ११औं स्मृति दिवसमा रत्ननगरमा भएको युवा तरुण जागरण अभियानमा देउवाले नेता तथा कार्यकर्तालाई चुनावमा केन्द्रीत हुन निर्देशन समेत दिए ।

देउवाले मध्यावधि निर्वाचनको कुरा फेरि पनि उठिरहेकाले निर्वाचनका लागि जुनसुकै बेला पनि तयार रहन पनि निर्देशन दिए । तरुण विना कांग्रेस बलियो नहुने भएकाले यसको नेतृत्वलाई पूर्णता दिने गरी आफूले काम गरिरहेको बताए ।

जनताको दुःखसुखमा साथ दिएमात्रै कांग्रेसको पक्षमा मत आउने बताउँदै उनले कम्तीमा पनि वर्षको तीनपटक जनताको घर–घरमा पुग्न नेता तथा कार्यकर्तालाई आग्रह गरे । ‘जनताले भोट नहालेर गत चुनावमा हार व्यहोरेको हौं,’ उनले भने, ‘भाषणले भोट आउँदैन, जनताको घरदैलोमा निरन्तर पुग्नुस् ।’

प्रतिकृया