• २० भदौ २०८३, शनिबार
  • ९ः४३ बिहान

बहराइनका राजकुमारले अनुमतिबिनै कसरी ल्याए दुई हजार डोज एस्ट्राजेने कोरोना खोप

प्रकाशित मिति

२०७७ चैत्र ४ गते, बुधबार ०८:५८

काठमाण्डौं: बहराइन दूतावासले जनाए अनुसार ती राजकुमारले गोरखा जिल्लाका केही मानिसहरुलाई उक्त खोप दिन चाहेका थिए । भ्रमण व्यवस्थापन गरिरहेको सेभेन समिट्स ट्रेकका एकजना प्रवक्ता थानेश्वर गुरागाईँले मिडियालाई बताएअनुसार सात दिन क्वारेन्टिनमा बसेपछि राजकुमारको टोली गोरखा जिल्लाको चुमनुव्री गाउँपालिका जानेछ।

National Life

त्यहीँको सामागाउँमा उक्त खोप दिने योजना बनाइएको उनले बताए । त्यसपछि सगरमाथा आरोहण गर्ने राजकुमारको योजना रहेको बताइएको छ।

उनी गत सोमबार झण्डै दुई हजार डोज एस्ट्राजेनेका खोप लिएर नेपाल आएका हुन् ।यसबारेमा नेपालका औषधी नियामकहरुले कसरी आफ्नो अनुमति बिना राजकुमारले नेपालमा खोप ल्याउन सफल भएन भनेर अनुसन्धान गरिरहेको बीबीसीले लेखेको छ ।

Classic Tech Desktop

यो विषयमा औषधी व्यवस्था विभागले त्यो खोप कसरी नेपाल भित्रन सक्यो भनेर औपचारिक छलफल थालिएको बताएको छ । उक्त खोप ल्याइएकोबारे स्वास्थ्य मन्त्रालय र विभाग बेखबर छ ।

प्रतिकृया