• ३० भदौ २०८३, मंगलबार
  • ८ः२९ राती

नेपाल बंगलादेश बैंक र सुन्दरहरैंचा नगरपालिकाकाबीच सम्झौता

प्रकाशित मिति

२०७७ चैत्र २ गते, सोमबार ०५:४६

काठमाडौँ:नेपाल बंगलादेश बैंक तथा सुन्दरहरैंचा नगरपालिकाकाबीच उक्त क्षेत्रका युवाहरुलेले उद्यम गर्न चाहेमा २ लाखदेखि १५ लाख रुपैयाँसम्म ४ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने सम्झौता गरिेएको छ।

National Life

कर्जाका लागि आवश्यक पर्ने फर्म दर्ता, चार किल्ला प्रमाणित, घरबाटो लगायत अन्य सिफारिश नगरपालिकाले निःशुल्क उपलब्ध गराउने भएको छ नगरपालिकाको तर्फबाट नगर प्रमुख शिव प्रसाद ढकाल र बैंकको तर्फबाट प्रदेश १ का प्रमुख कृष्ण प्रसाद तिम्सिनाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

सो ऋण पाउनका लागि निवेदकले वडामा निवेदन दिएपछि वडाले नगरपालिकालाई सिफारिश गर्नेछ र त्यसकै आधारमा नगरले बैंकसँग ऋण प्रदानगर्न सिफारिश गर्ने सम्झौतामा उल्लेख छ ।ऋण खराब कर्जामा परिणत भए नगरले सो कर्जा उठाउन पहल गर्ने र राज्यले दिने सबै सेवा र सुविधाबाट वञ्चित पनि गर्न सक्ने जानकारी गराएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

बैंकका प्रदेश प्रमुख तिम्सिनाले बैंकिङ पहुँच कम भएकाहरुको लागि यो व्यवस्था गरिएको बताए। यस्तै शिक्षित युवा स्वरोजगार शीर्षकमा अधिकतम सात लाख रुपैयाँसम्म ऋण प्रदानगर्ने उनले जानकारी दिए।

विदेशबाट फर्किएका युवा, दलित युवा, स्वरोजगार बन्न चाहने युवा र उद्यमी बन्न चाहने महिलाका लागि पनि यो योजना ल्याइएको जानकारी दिए। पुरुषका लागि अधिकतम ४ प्रतिशत र महिलाका लागि अधिकतम ३ प्रतिशत ब्याजदरमा ऋण दिने गरी बैंकसँग सहमति भएको हो।

सम्झौतापत्रमा हस्ताक्षर भएको मितिबाट २ वर्षसम्म कायम रहने गरी हस्ताक्षर भएपनि नगरपालिकाको दायित्व कर्जा बहाल रहेसम्म रहने प्रदेश प्रमुख तिम्सिनाले बताए।सम्झौता अवधी समाप्तिपछि दुवै पक्षको आपसी सहमतिमा नवीकरण गर्न पनि सकिने सम्झौता पत्रमा उल्लेख छ।

प्रतिकृया