नेप्से परिसूचक ओरालो यात्रा रोकिएन, कारोबार पनि सुस्तायो
प्रकाशित मिति
२०७७ चैत्र २ गते, सोमबार ०३:५०
काठमाडौं : साताको दोस्रो दिन सोमबार पनि सेयर बजार ओरालो लागेको छ । आइतबार ५१ अंकले ओरालो लागेको सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार पनि १८ अंकले घटेको छ । होट तथा पर्यटन, व्यापार, उत्पादन र लगानी समूहमा रहेका कम्पनीहरुको सेयर मूल्य बढेको छ भने अधिकांशको सेयर मूल्य घटेको छ ।
नेप्से परिसूचक १८ दशमलव ०७ अंक्ले घटेर २ हजार ३ सय ८९ दशमलव १९ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ५ दशमलव ०७ अंकले घटेको छ । नेप्से परिसूचकमात्रै होइन कारोबार रकम समेत सूस्ताएको छ । आइतबार करिब ५ अर्ब रुपैयाँको कारोबार भएकोमा सोमबार ४ अर्ब करिब २५ करोड रुपैयाँ मात्रैको सेयर कारोबार भएको छ ।
दिनभर भएका ५२ हजार ३ सय ९ कारोबारबाट २१२ कम्पनीको ९६ लाख ४ हजार ५२९ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २४ करोड ८४ लाख २४ हजार ६६ रुपैयाँको कारोबार भएको छ । हेनर्स कुन–कुन कम्पनीले कमाए रु कुनले गुमाए रु
प्रतिकृया