• २९ भदौ २०८३, सोमबार
  • २ः४६ दिउँसो

देउवा नेतृत्वको सरकार नै सङ्कटको समाधान :गगन थापा

प्रकाशित मिति

२०७७ फाल्गुन २९ गते, शनिबार ०४:५२

काठमाण्डौ : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगन कुमार थापाले जसपाको नेतृत्वमा सरकार गठन हुने कुरा हल्ला मात्रै भएको भन्दै नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार चाडै बन्ने बताएका छन् । शनिवार पूर्वी नवलपरासीको हर्कपुरमा फाईन्ट प्रिन्ट फिभरको घुम्ती साहित्यिक कार्यक्रममा आई पुगेका थापाले पत्रकार सँग कुराकानी गर्दै यस्तो बताएका हुन ।

National Life

त्रकारहरूसँग कुराकानी गर्दै थापाले भने हाम्रो एउटै कुरा सरकारबाट केपी ओलीलाई विस्थापित गर्नु हो, त्यसपछि हामी काङ्ग्रेस नेतृत्वमा सरकार गठनको प्रक्रियालाई अगाडी बढाउँछौ । अन्य दलको या जसपाको नेतृत्वमा सरकार बनाउने कुरा हल्ला मात्रै हुन । ू

केपी ओलीको कारणले संविधान र सिङ्गो व्यवस्थामा अविश्वास पैदा हुन लागेको बताउँदै थापाले केपी ओली नेतृत्वको सरकारलाई बिदाइ गर्नु अहिलेको आवश्यकता भएको बताएका छन् । पत्रकार सँग कुराकानी गर्दै थापाले रामचन्द्र पौडेल, शंशाक कोइराला र कृष्णप्रसाद सिटौला मिलेर देउवालाई संसदीय दलको नेताबाट हटाउने हल्ला मात्रै भएको बताउँदै देउवा नेतृत्वको सरकार नै अहिलेको सङ्कटको समाधान रहेको बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया