• २६ भदौ २०८३, शुक्रबार
  • १०ः०३ राती

थाइल्याण्डमा पनि आस्ट्राजेनेकाको खोप लगाउने कार्यक्रम रद्द

प्रकाशित मिति

२०७७ फाल्गुन २८ गते, शुक्रबार ११:०७

काठमाण्डौ: थाइल्याण्डले पनि कोरोना भाइरसविरुद्धको अक्सफर्ड–आस्ट्राजेनेकाको खोप लगाउने कार्यक्रम स्थगित गरेको छ।मानिसहरुमा रगत जम्ने खतरा बढाएको विवरण सार्वजनिक भएपछि थाइल्याण्डले पनि यो खोप लगाउने कार्यक्रम स्थगित गरेको हो।

National Life

यसअघि डेनमार्क र नर्वे लगायत कतिपय युरोपेली देशहरूले यो खोप लगाउने कार्यक्रम स्थगित गरिसकेका छन्।तर युरोपेली युनियनको औषधि नियामक निकायले अक्सफर्ड–आस्ट्राजेनेका खोपले मानिसहरूमा रगत जम्ने खतरा बढाएको कुनै संकेत नभएको जनाएको छ।

खोप लगाएका र नलगाएका मानिसमा त्यस्तो खतराको जोखिमस्तर उत्तिकै रहेको दाबी पनि नियामक निकायले गरेको छ।यो खोप लिएपछि इटालीमा एकजना ५० वर्षीय पुरुषलाई डिप भेन थ्रम्बोसिस भएर मृत्यु भएको विवरण पनि सार्वजनिक भएको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

तर नियामक निकायले भने खोपकै कारण ती समस्या आएका हुन् भन्ने कुनै प्रमाण नरहेको बताएको हो।‘खोपकै कारण यी समस्या आएका हुन् भन्ने हाल कुनै संकेत प्राप्त भएको छैन। खोपको साइड इफेक्टमा यी सूचीकृत छैनन्’, युरोपेली मेडिसिन्स एजेन्सीले भनेको छ।

प्रतिकृया