• २७ भदौ २०८३, शनिबार
  • ४ः४२ बिहान

अमेरिकाले आफ्ना नागरिकलाई दिने भयो १९ खर्ब डलरको राहत

प्रकाशित मिति

२०७७ फाल्गुन २७ गते, बिहीबार ०८:५८

तल्लो सदनबाट राहत प्याकेज पारित भएपछि खुसी मनाउँदै राष्ट्रपति बाइडेन र उपराष्ट्रपति ह्यारिस। तस्बिरस् ह्यारिसको ट्वीटरबाट।तल्लो सदनबाट राहत प्याकेज पारित भएपछि खुसी मनाउँदै राष्ट्रपति बाइडेन र उपराष्ट्रपति ह्यारिस। तस्बिरस् ह्यारिसको ट्वीटरबाट। संयुक्त राज्य अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले पनि राष्ट्रपति जो बाइडेनको १९ खर्ब डलरको कोरोना राहत प्याकेजलाई पारित गरेको छ।

National Life

बुधबार भएको मतदानमा राहत प्याकेजका पक्षमा २२० र विपक्षमा २११ मत परेको थियो। संसदका दुबै सदनबाट आफ्नो प्रस्ताव पारित भएपछि राष्ट्रपति बाइडेनले ट्वीटरमा लेखेका छन् -हेल्प इज हियर  उनले पारित भएको विधेयकमा शुक्रबार हस्ताक्षर गर्ने बताइएको छ।

यसअघि गत शनिबार माथिल्लो सदन सिनेटबाट राहत प्याकेज पारित भएको थियो। प्याकेजका पक्षमा ५० र विपक्षमा ४९ मत परेको थियो।जनवरी २० मा पदभार सम्हालेपछि राष्ट्रपति बाइडेनले पहिलो पटक दुबै सदनबाट आफ्नो प्रस्ताव पारित गराएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

यो राहत प्याकेजअन्तर्गत सरकारले रोजगारविहीन अमेरिकीहरूको खातामा साताको ३ सय डलरदेखि महिनाको १४ सय डलरसम्म रकम जम्मा गरिदिने छ। यसबाट कोरोनाभाइरसले शिथिल भएको अमेरिकी अर्थतन्त्र चलायमान हुने अपेक्षा गरिएको छ।

यसअघि गत वर्ष पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी आदेशमा हस्ताक्षर गरेर २० खर्ब डलरको राहत प्याकेज ल्याएका थिए।कोरोनाभाइरसले अमेरिकामा अहिलेसम्म ५ लाख २० हजार बढी मानिसको मृत्यु भएको छ भने लाखौंले रोजगारी गुमाएका छन्। गत वर्ष अमेरिकाको अर्थतन्त्र ३.५ प्रतिशतले खुम्चिएको थियो।

प्रतिकृया