• 6:05 pm

सुनको मूल्य ६ सय रुपैयाँले  बढ्यो, ८६ हजार दुई सय रुपैयाँ कायम

प्रकाशित मिति

२०७७ फाल्गुन २६ गते, बुधबार ११:२९

काठमाडौ: सुनको मूल्य बिहीबार बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेर ८६ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार सुनको छापावाला सुनको मूल्य तोलाको ८५ हजार ६ सय रुपैयाँ थियो।

तेजाबी सुनको मूल्य तोलाको ६ सय रुपैयाँले बढेर ८५ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिकृया