• ९ असोज २०८३, शुक्रबार
  • १०ः२९ राती

गोदामभित्रै मजदुरको शव फेला, ठेकेदार फरार

प्रकाशित मिति

२०७७ फाल्गुन २६ गते, बुधबार ०९:०२

वीरगञ्ज : वीरगञ्जको एक गोदाममा काम गर्दै आएका मजदुर गोदामभित्रै मृत भेटिएका छन्। वीरगञ्ज महानगरपालिका वडा नम्बर ३० लालपर्सा टोलमा रहेको गोदाममा सोही टोलका ६० वर्षका रामानन्द साह मृत अवस्थामा फेला परेका हुन्। मंगलबार साँझ साह मृत अवस्थामा गोदाम भित्रै फेला परेको प्रहरीले जनाएको छ।

National Life

गोदाम भित्रै मजदुरको मृत्यु भएपछि ठेकेदार भने फरार भएका छन्। गोदामभित्रै मजदुरको मृत्यु भएपछि उधोगका ठेकेदार भागेको वडा नम्बर ३० का वडाअध्यक्ष अमानत अन्सारीले बताए। साहको शव परीक्षणको लागि नारायणी अस्पतालमा पठाइएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दिपक साहले जानकारी दिए।

 

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया