• २५ भदौ २०८३, बिहीबार
  • ११ः५३ राती

प्रधानमन्त्री ओली पक्षको हिसाबकिताब हुन्छ: प्रचण्ड पुत्री ग‌ंगा दाहाल

प्रकाशित मिति

२०७७ फाल्गुन २५ गते, मंगलवार ११:०९

काठमाडौं: सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीको एकीकरण प्रक्रिया नै बदर गर्ने गरी फैसला सुनाएपछि अहिले प्रधानमन्त्री केपी शर्मा ओली पक्षले खुसी मनाइरहेको भन्दै पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालले प्रधानमन्त्रीको पक्षधरलाई चेतावनी दिएकी छिन् ।

National Life

गंगाले प्रधानमन्त्री ओली पक्षको हिसाबकिताब जनताले गर्ने चेतावनी दिइन् ।
गंगाले प्रधानमन्त्री ओलीले आफू प्रधानमन्त्री बन्नकै लागि पार्टी एकताको नाटक रचेको समेत पुष्टि भएको दावी गरेकी छिन् । उनले सामाजिक संजाल फेसबुकमा लेखेकी छिन् ‘केपी ओलीको चाहना पूरा भएको छ ।

आज पार्टी विभाजन भएको खुसियालीमा देशभर हर्षोल्लास मनाइरहेका छन् । आज पुष्टि नै भएको छ कि प्रधानमन्त्री हुनकै लागि पार्टी एकताको नाटक रचिएको रहेछ । नेपाली जनताले यसको हिसाब पक्कै राख्ने छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया