• २६ भदौ २०८३, शुक्रबार
  • १०ः२७ राती

बङ्गलादेशबाट मल आज आइपुग्दै

प्रकाशित मिति

२०७७ फाल्गुन २५ गते, मंगलवार ०८:३७

काठमाडौ: सरकारले बङ्गलादेशसँग जीटुजी मार्फत गरेको सम्झौता अनुरूप पहिलो चरणको रासायनिक मल मङ्गलबार राति आइपुग्ने भएको छ । जीटुजीमार्फत ५० हजार मेट्रिक टन युरिया मल ल्याउने सहमति भएको थियो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि सामग्री केन्द्र लिमिटेडका प्रमुख नेत्र भण्डारीका अनुसार पहिलो चरणमा २२ हजार पाँच सय मेट्रिक टन युरिया मल सोमबार मध्यराति वा मङ्गलबार बिहान आइपुग्नेछ ।

National Life

मल रेलबाट वीरगञ्ज र ट्रकबाट विराटनगर आइपुग्ने उहाँले बताउनुभयो । दुइटै साधनबाट एकै पटक मल पठाए पनि रेल चाँडो आइपुग्ने र ट्रक एक-दुई दिन ढिला आउने केन्द्रका प्रवक्ता विष्णु पोखरेलले बताउनुभयो । वीरगञ्जका लागि नौ हजार हजार मेट्रिक टन, विराटनगरका लागि पाँच हजार मेट्रिक टन र भैरहवाका लागि पनि सात हजार ८७५ मेट्रिक टन मल आउन लागेको हो ।

धानको सिजनमा युरिया मलको अभाव भएपछि तत्कालका लागि सुरुमा बङ्गलादेशबाट पैँचोमा ५० हजार मेट्रिक टन युरिया मल ल्याउने सहमति भएको थियो तर सो पैँचो मल दिने प्रक्रिया झन्झटिलो भएको बङ्गलादेशले भनेपछि सरकार–सरकारबीच सम्झौता भएर सो मल किनेर नै ल्याएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

भदौ १६ गते प्रधानमन्त्री केपी शर्मा ओली र बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाबीच पैँचो युरिया मलबारे मौखिक सम्झौता भएको थियो । सो सम्झौतापछि कृषि मन्त्रालयले बङ्गलादेशबाट पैँचो मल ल्याउने प्रक्रिया सुरु गरेकोमा त्यसको प्रक्रियामा गएपछि झन्झटिलो देखिएपछि त्योभन्दा सस्तो र राम्रो किनेर नै लग्नु ठीक हुने भनेपछि कृषि मन्त्रालयले कात्तिक २४ गते मन्त्रिपरिषद्बाट पुनः निर्णय गराएर जीटुजीमार्फत मल खरिद गरेर ल्याउने पक्रिया सुरु गरेको थियो ।

सरकार–सरकारको बीचमा मलका लागि सम्झौता भएको दिनदेखि पाँच महिनापछि बङ्गलादेशबाट मल आइपुगेको हो । धानका लागि बङ्गलादेशबाट मल ल्याउने सम्झौता गरेको थियो ।
बङ्गलादेशबाट तीन चरणमा मल ल्याउने तयारी केन्द्रको रहेको छ । पहिलो चरणमा २२ हजार पाँच सय मेट्रिक टन मल आइसकेको छ । बाँकी २७ हजार पाँच सय मेट्रिक टनमध्ये दोस्रो चरणमा १० हजार र तेस्रो चरणमा १७ हजार मेट्रिक टन मल ल्याउने तयारी रहेको प्रवक्ता पोखरेलले बताउनुभयो ।

१० हजार मेट्रिक टन मलको ल्याउने प्रक्रियासमेत सुरु भइसकेको छ । एक साताभित्र त्यहाँबाट बुझेर नेपालका लागि पठाउनेछ । बङ्गालादेशबाट ढुवानीसहित प्रतिमेट्रिक टन ३४१ डलरमा ल्याइरहेको केन्द्रले जनाएको छ । आजको गोरखापत्रमा खबर छ

प्रतिकृया