• ११ असोज २०८३, आइतबार
  • २ः१४ राती

पृतनापति समन्वयात्मक बैठक २०७७ सकियो

प्रकाशित मिति

२०७७ फाल्गुन २२ गते, शनिबार ०८:०५

काठमाडौं: तीन दिवसीय पृतनापति समन्वयात्मक बैठक २०७७ जंगी अड्डास्थित सगरमाथा हलमा आयोजित एक समारोहकाबीच सम्पन्‍न भएको छ । फाल्गुन १९ गतेबाट सञ्‍चालन भएको थियो । समारोहमा समापन मन्तव्य राख्दै प्रधान सेनापति महारथी पुर्णचन्द्र थापाले यस सम्मेलनबाट भविष्यमा सेनाले गर्नैपर्ने, गर्नुपर्ने र गर्नसक्ने कार्यहरुको योजना निर्माणमा सबैको समान सोच र दृष्टिकोण बनाउन मद्दत पुर्‍याउने बताए ।

National Life

उनले भावी योजनाको प्रभावकारी कार्यान्वयनको आधार तयार भएको बताए । नीति, नियम र निर्देशिकामा आधारित कार्यप्रणालीले नै नेपाली सेनालाई पद्धति र प्रणालीमा आधारित सिस्टम ड्रिभन अर्गनाइजेसनको रुपमा स्थापित गर्ने भन्दै उहाँले सबैलाई बैठकमा उठेका विविध आन्तरिक सुदृढीकरणका विषयहरुको प्रभावकारी कार्यान्वयनको लागि निर्देशन दिए।

नियमित रुपमा सञ्‍चालन हुने यस प्रकारको उच्चस्तरीय समन्वयात्मक बैठकमा भएका प्रस्तुतिकरण र उठान भएका बिषयवस्तुहरुमाथी भएको गहन छलफल तथा आपसी अन्तरक्रियाबाट प्राप्त भएका अमुल्य राय सुझावहरुले नेपाली सेनाको नीति निर्माण तथा भावी योजना तर्जुमा गर्न उपयुक्त दिशानिर्देश गर्ने विश्वास सेनाले लिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया