• १० असोज २०८३, शनिबार
  • १२ः३४ राती

किम कार्दशेनले दिइन् सम्बन्ध विच्छेदको निवेदन

प्रकाशित मिति

२०७७ फाल्गुन ८ गते, शनिबार ०१:१३

काठमाडौं: चर्चित हलिउड मोडल किम कार्दशेनले सम्बन्ध विच्छेदका लागि निवेदन दिएकी छिन् । अमेरिकी संचारमाध्यमहरुका अनुसार उनले र्यापर कान्ये वेष्टसँग सम्बन्ध विच्छेदका लागि निवेदन दिएकी हुन् ।

National Life

सात वर्षअघि विवाह बन्धनमा बाँधिएका यिनीहरुका चार छोराछोरी छन् । वैवाहिक सम्बन्धमा अप्ठेराहरु आएपछि केही समयदेखि यिनीहरु छुट्टाछुट्टै रहँदै आएका थिए ।किमले यसअघि उनका पतिमा मानसिक समस्या रहेको उल्लेख गरेकी छिन् । किम सन् २००७ मा इ १ टेलिभिजनको रियालिटी सिरिजबाट बढी चर्चित भएकी थिइन् ।

उनी मोबाइल एप्समार्फत पनि चर्चित छिन् । त्यस्तै कान्ये १५ वर्षदेखि विश्वको र्याप संगीतमा चर्चित छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया