• २० असोज २०८३, मंगलबार
  • ६ः२७ बेलुका

दाहाल -नेपाल समूहको आजदेखि चौथो चरणको आन्दोलन

प्रकाशित मिति

२०७७ फाल्गुन ५ गते, बुधबार ०८:४०

काठमाडौँ- नेकपाको दाहाल नेपाल समूहले आज चौथो चरणको आन्दोलन आजदेखि  थाल्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेको कदमलाई ‘प्रतिगमन’ भन्दै दाहाल नेपाल समूह पुस ५ पछि आन्दोलीत छ ।

National Life

चौथो चरणका कार्यक्रमअन्तर्गत आजदेखि २१ गतेसम्म जिल्ला स्तरीय विरोध प्रदर्शन, सभा लगायतका विरोध कार्यक्रम हुँनेछन् । भोलि राजधानीको टुंडिखेल मानव साङ्लोले घेर्ने कार्यक्रम छ।

कार्यक्रम अन्तर्गत फागुन ७ मा सबै वडामा विरोध गरिने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। फागुन ७ देखि १५ गतेसम्म सार्वजनिक स्थलहरूमा हस्ताक्षर संकलन गर्ने उनले बताए।

Classic Tech Mobile
Classic Tech Desktop

यस्ता छन् आजदेखि हुने आन्दोलनका कार्यक्रम-

 

प्रतिकृया