• १३ असोज २०८३, मंगलबार
  • २ः११ दिउँसो

शेरबहादुरजीलाई प्रधानमन्त्रीको अफरै-अफर: चन्द्र भण्डारी

प्रकाशित मिति

२०७७ फाल्गुन ३ गते, सोमबार ०५:५७

गुल्मी: नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवालाई अहिले अफरै अफर आएको बताएका छन् । गुल्मीमा सोमबार संसद विगठनको विरोधमा आयोजित सभालाई सम्बोधन गर्दै भण्डारीले सो कुरा बताएका हुन् । नेता भण्डारीले भने, ‘यता प्रधानमन्त्री केपी ओलीजीले पनि शेरबहादुरजीलाई प्रधानमन्त्रीको अफर गर्नु भएको छ, उता प्रचण्डजीहरुबाट अफरै अफर ।’

National Life

नेता भण्डारीले यतिबेला दुई धारमा विभाजित भएका नेपाल कम्युनिष्ट पार्टीका दुवै पक्षलाई काँग्रेसको साथ चाहिएको बताए । उनले गणितमा दुई दुना चार हुने भएपनि राजनीतिमा त्यस्तो नहुने भन्दै अहिले काँग्रेस दुई दुना दश भएको दावी गरे । पछिल्लो समय मुलुकमा हत्या, हिंसा र बलात्कारका घटना बढेको भन्दै सरकारले त्यसलाई नियन्त्रण गर्न नसकेको बताए ।

उनले कम्युनिष्टहरुले आपसमा लड्न मात्रै जानेका तर देश र जनताको भविश्य नदेख्ने गरेको आरोप लगाउँदै अब देशको विकास र लोकतन्त्रको रक्षाका लागि काँग्रेसले नै अगुवाई गर्नुपर्ने बताए । कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य चन्द्र केसीले पनि प्रधानमन्त्री केपी ओलीले लोकतन्त्र खोस्न खोजेको आरोप लगाए ।

Classic Tech Mobile
Classic Tech Desktop

नेपाली कांग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठ लगायतका वक्ताहरुले प्रधानमन्त्री ओलीले आफ्नो पार्टी भित्रको रिस संसदमाथि पोखेर मुलुकलाई अस्तव्यस्त बनाएको आरोप लगाए ।

प्रतिकृया