• ९ असोज २०८३, शुक्रबार
  • ११ः५४ राती

गायक नविन कार्कीको गिती एल्वम ‘नविन’को लोकार्पण गर्दै सञ्चारमन्त्री गुरुङ

प्रकाशित मिति

२०७७ माघ २५ गते, आईतवार ०१:१३

काठमाडौं: सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मुलुकलाई समृद्ध बनाउने अभियानमा सरकार दृढतापूर्वक लागिरहेको बताएका छन्।
मृद्ध नेपालः सुःखी नेपाली’को राष्ट्रिय संकल्प सरकारको गन्तव्य भएको स्पष्ट पार्दै त्यसलाई पूरा गर्न सरकार लागि परेको जनाएका छन्। शनिबार काठमाडौंको थापागाउँस्थित लेखनकुञ्जमा आयोजित एक कार्यक्रमका बीच गायक नविन कार्कीको गिती एल्वम ‘नविन’को लोकार्पण गर्दै उनले गीत, संगीतको माध्यामबाट पनि मुलुकलाई समृद्ध बनाउने अभियानमा लाग्न सर्जकहरुलाई आग्रह समेत ‘मुलुकलाई समृद्ध बनाउने काममा सरकार दृढतापूर्वक लागि रहेको छ,’ मन्त्री गुरुङले जनाए, ‘सरकारको सो अभियानमा गीत, संगीतको क्षेत्रमा लागेका सर्जकहरुले सक्दो सहयोग पु¥याउनु पर्दछ।’

National Life

उनले अहिलेको राजनीतिक परिस्थितिबाट विचलित नभई सर्जकहरुलाई अघि बढन पनि अनुरोध गरेका छन्। विचलित नभई निरन्तर लागि रहन सके गीत, संगीतलगायतका हरेक क्षेत्र समृद्ध भएर जाने उनको भनाई थियो ।त्यस अवसरमा मन्त्री गुरुङले समाज परिवर्तनका लागि गायक कार्कीले गायनको क्षेत्रमा गरिरहेको प्रयासको पनि चर्चा समेत गरेका थिए।

एल्वममा स्वर्गीय रत्नशमशेर थापा, ज्ञानुवाकर पौडेल, डा. राजुुबाबुु श्रेष्ठ, देवेन्द्र केसी, रमेश दाहाल र पुस्करराज बुुढाथोकीको रचना रहेका छन भने वरिष्ठ संगीतकार शक्ति बल्लभ, गुरुदेव कामत र राजनराज शिवाकोटीले संगीत दिनु भएको छ। समारोहमा मन्त्री गुरुङले वरिष्ठ संगीतकार शक्ति बल्लभलाई सम्मान गरेका थिए। दोलखाको जफेमा जन्मनु भएका गायक कार्की सानै देखि गीत, संगीतको क्षेत्रमा लाग्नुु भएको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

समारोहमा संगीतकार शक्ति बल्लभ, गीतकार देवेन्द्र केसी, नेपाल सरकार विज्ञापन बोर्डका सदस्य बलराम थापा, नेपाल पत्रकार महासंघ, भक्तपुर शाखाका अध्यक्ष पुुस्करराज बुुढाथोकीलगायतले गायक कार्कीको गायन क्षेत्रको यात्राको सफलताको कामना गरेका थिए।

प्रतिकृया