• १० असोज २०८३, शनिबार
  • १ः०५ राती

‘स्थानीय तहले कानुनको पालना नगर्दा विकासका नाममा वन क्षेत्रको दोहन भयो’

प्रकाशित मिति

२०७७ माघ २५ गते, आईतवार ०१:२४

भक्तपुर : जिल्लामा बिकासका नाममा वन क्षेत्रको दोहन भएको भन्दै डिभीजन वन कार्यालय भक्तपुर अन्तर्गत चौमासिक वन सुरक्षा तथा समन्वय बैठकले चिन्ता र चासो ब्यक्त गरेको छ ।

National Life

बैठकले भक्तपुरका ४ वटै स्थानीय तहहरुलाई नेपाल सरकारको स्वीकृति लिएर मात्र वन क्षेत्रको जग्गा प्रयोग गर्न अनुरोध गर्ने निर्णय गरेको छ । बैठकमा डिभिजन वन अधिकृत प्रेमप्रसाद खनालले वन क्षेत्रको जग्गा राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना संचालन बाहेक नेपाल सरकारको निर्णय नलिई कुनै पनि प्रयोजनको लागि प्रयोग गर्न नपाउने कानुनी ब्यबस्था रहेको भए पनि स्थानीय तहले त्यसको पालना नगरेको बताए।

उनले भक्तपुर जिल्लाभित्रका वन क्षेत्रमा बिना स्वीकृति बाटोघाटो,खेलकुद मैदान,बसपार्क ,अस्पताल जस्ता भौतिक संरचना निर्माण गर्दै आएको हुँदा स्थानीय सरकारहरुलाई नेपाल सरकारको स्वीकृति लिएर मात्र मात्र वन क्षेत्रको जग्गा प्रयोग गर्न अनुरोध गर्ने निर्णय गरिएको बताए।

Classic Tech Mobile
Classic Tech Desktop

बैठकमा बोल्दै प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्राईले वन क्षेत्रको संरक्षण र कानुन कार्यान्वयनको लागि कठोर र निर्ममतापुर्वक प्रस्तुत हुने जनाए।
उनले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना बाहेक अन्य सन्दर्भका गैरकानुनी रुपका वन बिनास रोक्ने दृढता ब्यक्त गर्दै स्थानीय सरकारसँग समन्वय र छलफल गर्दै वन कार्यालयले काम गर्नुपर्ने बताए।

बैठकले वन क्षेत्रको अतिक्रमण नियन्त्रणको लागि बिगत बर्षहरुमा जस्तै जिल्ला प्रशासन कार्यालय,जिल्लास्थित सुरक्षा निकाय,स्थानीय तह र वन कार्यालयको संयुक्त पहल, समन्वय तथा सहकार्यमा डिभीजन वन कार्यालयबाट लगत लिई वन अतिक्रमण नियन्त्रण गर्ने निर्णय गरेको छ।

आउँदै गरेको सुख्खायाममा वन डढेलो लाग्ने प्रबल संभावना हुने हुँदा नागरिक समाज र सामुदायिक वन उपभोक्ता समुह समेतको संयुक्त पहल कदमीमा वन डढेलो रोकथाम तथा नियन्त्रण गर्ने समेत बैठकले निर्णय गरेको छ।

वन तथा वन्य जन्तुको अबैध ओसार पसार तथा चोरी नियन्त्रणका लागि सबै सरोकार निकायले आपसी समन्वयमा प्रभावकारी ढंंगले काम गर्ने,टुहुरा,घाईते अस्वस्थ बन्यजन्तुको तत्काल उद्धार तथा मृत वन्यजन्तुहरुको ब्यबस्थापन र वन्यजन्तुबाट हुने क्षतिको राहत बितरणका लागि तथ्यांक संकलनमा त्रुटी हुन नदिन पहल गर्ने निर्णय समेत गरेको छ।

बैठकमा महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक तारादेबी थापा,सशस्त्र प्रहरी गण गुह्यश्वरीका प्रहरी उपरीक्षक उद्घब न्यौपाने ,वीरदल गणका लेफ्टििनेण्ट कर्णेल राजन दाहाल,राष्ट्रिय प्राणी उद्यानका निर्देशक लालबहादुर भण्डारी,शिबपुरी नागार्जुन राष्टिय निकुञ्जका केदारनाथ कटेल,सीआईबीका प्रहरी नायब उपरीक्षक राजकुमार राई ,पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी, बिभिन्न सामुदायिक वन उपभोक्ता समितिका प्रतिनिधि लगायतले वन क्षेत्रको संरक्षण र विकासका लागि सरोकारवालाको साझेदारी र सहमति जुटाएर वन कार्यालयले काम गनुपर्ने जनाए।

बैठकमा डिभीजन वन कार्यालय भक्तपुरका प्रमुख डिभिजन वन अधिकृत प्रेमप्रसाद खनालले भक्तपुरमा बिकासका कतिपय काम गर्दा संघीय सांसद, प्रदेश सांसद र नगरप्रमुखको नेतृत्वमा प्रकृया अपनाएर रुख कटान गर्दा पनि अख्तियारमा मुद्धा परेको र त्यसको भारी आफूमाथि परेको जनाए।

पर्यावरणमैत्री विकास हुनुपर्नेमा कतिपय स्थानमा विकासका नाममा वन क्षेत्रको दोहन भएको उनको भनाई छ । विकासका काम गर्दा आईई र ईआईए को प्रकृया पुर्याउनुपर्नेमा त्यसको प्रकृया नपुर्याएको र वनसँग सम्झौता नगरी जंगल फँडानी भैरहेको बताए।

सो अवसरमा उत्कष्ट काम गर्ने काँक्राबारी भित्री वन सामुदायिक वन उपभोक्ता समिति सुर्यबिनायकलाई रु १९ हजार सहित प्रथम पुरस्कार,बिरसिंगे सावउस सुर्यबिनायकलाईरु १५ हजार सहित द्घितीय र कालिका बहाल सामुदायिक वन उपभोक्ता समिति चाँगुनारायणलाई रु ११ हजार सहित तृतिय पुरस्कार प्रदान गरिएको थियो।

 

प्रतिकृया