• 9:50 pm

पिएम कपः कर्णाली प्रदेशसँग गण्डकी प्रदेश पराजित

प्रकाशित मिति

२०७७ माघ ६ गते, मंगलवार ०३:२२

काठमाडौंः प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले गण्डकी प्रदेशलाई पाँच विकेटले पराजित गरेको छ।

मुलपानीस्थित क्रिकेट मैदानमा टस जितेर पहिले व्याटिङ गरेको गण्डकीले ४२ ओभर ३ बलमा सबै विकेट गुमाएर २ सय ४ रन बनाएको थियो।

गण्डकीका लागि राहुल उपाध्यायले ५३, अर्जुन कुमालले ४६, कप्तान विपिन खत्रीले ३२, विशाल पौडेलले १५ र दिनेश बुढामगरले १० रन बनाए।

बलिङतर्फ कर्णालीका दिनेश अधिकारीले तीन, अनुज चुनारा र दिवान पुनले दुई–दुई तथा रविन्द्र शाहीले एक विकेट लिए।

२०५ रनको लक्ष्य लिएर जवाफी व्याटिङमा उत्रिएको कर्णालीले ३६ ओभर ५ बलमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो। कर्णालीका लागि हमांशु शाहले ६८, विपिन रावलले ४९, राज शाहले ३२ र हेमन्त वलीले २९ रन बनाए।

बलिङतर्फ गण्डकीका विपिन खत्रीले ४ तथा सुवास भण्डारीले एक विकेट लिए ।

प्रतिकृया