• 8:46 pm

ओली ज्यूले केटो भन्दा दुःख छैन, उहाँको बास्तविकता थाहा पाएः योगेश भट्टराई

प्रकाशित मिति

२०७७ माघ ४ गते, आईतवार ०८:३१

काठमाडौं – नेकपा स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको स्तर थाहा पाएको बताएका छन् ।

ओलीले उनलाई ‘केटो’ भन्दै कटाक्ष गरेपछि जवाफमा योगेशले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै यस्तो प्रतिकृया दिएका हुन् ।

उनले लेखेका छन्, “केटो भनिपाउँदा मलाई दुःख छैन । तपाईंको स्तर थाहा पाएँ खुशी लाग्यो ।”

योगेशले ओलीलाई केटा र केटीहरुको रगत, पसिना र मेहनतको जगमा खडा भएको ब्यबस्था मै कुर्सीप्राप्त गरेको यथार्थलाई नभुल्न पनि उनले सुझाव दिएका छन् ।

ओलीले काठमाडौंमा शनिबार आयोजित प्रदेश नम्बर १ को सम्पर्क कमिटीको भेलामा योगेशको नाम उच्चारण नगरी आफूले मन्त्री बनाउँदा ‘लात्ति’ हानेको बताएका थिए ।

प्रतिकृया