• १४ असोज २०८३, बुधबार
  • ५ः४२ बेलुका

प्रतिनिधि सभा विघटन मुद्दामा आज सुनुवाइ हुँदै

प्रकाशित मिति

२०७७ माघ २ गते, शुक्रबार ०९:३१

काठमाडौं,प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दाको सुनुवाइ आज सर्वोच्च अदालतमा हुने भएको छ।

National Life

बुधबार संवैधानिक इजलासमा भएको बहसमा मुद्दा वृहत् पूर्ण इजलासमा पठाउने कि नपठाउने भन्नेबारे कुनै निर्णय भएको थिएन। आजसम्म बैठक सरेको थियो।

बुधबार दुवै पक्षका वकिलले बहस गरे पनि इजलासले कुनै निर्णय नगरी यही बहसलाई शुक्रबारको इजलासमा निरन्तरता दिने निर्णय गरेको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

रिट निवेदकका तर्फबाट बहस गर्दै अधिवक्ता रमण श्रेष्ठले मुद्दा पूर्ण इजलासमा पठाउनु पर्ने बताएका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेका थिए। उक्त कदम असंवैधानिक भन्दै सर्वोच्चमा रिट परेको छ।
सरकारले मुद्दा पूर्ण इजलासमा पठाउन नहुने भन्दै निवदेन दिएको थियो।

 

प्रतिकृया