• १० असोज २०८३, शनिबार
  • १ः४८ राती

गुल्मीमा जन्ती बोकेको जिप दुर्घटनाः १३ जना घाइते

प्रकाशित मिति

२०७७ माघ १ गते, बिहीबार ०३:५१

गुल्मीः गुल्मीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।

National Life

बिहीबार बिहान कालीगण्डकी गाउँपालिका २ अर्बेनी कोटदेखि बिहेका लागि स्याङजाको जैपते जाँदै गरेको ग १ ज ५०८६ नम्बरको जिप सोही वडाको खर्क नजिकैको ओरोलोमा दुर्घटना भएको हो ।

जिप सडकबाट अन्दाजी १८ मिटर तल खस्न जाँदा जिपमा सवार १३ जना घाइते भएको प्रहरीको भनाई छ । घाइतेहरुको स्याङ्जास्थित मिर्मीमा उपचार भइरहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रहरीले जिप चालक स्याङ्जा कालीगण्डकी गाउँपालिका–४ का २८ वर्षीय राजन पाण्डेलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया