• १० असोज २०८३, शनिबार
  • ९ः२३ राती

म्पविरूद्धको महाअभियोग तल्लो सदनबाट पारित, १० रिपब्लिकन सांसदको साथ

प्रकाशित मिति

२०७७ माघ १ गते, बिहीबार ०८:४०

एजेन्सी: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभबाट दोस्रो पटक महाअभियोग पारित हुने पहिलो अमेरिकी राष्ट्रपति बनेका छन्।

National Life

बुधबार तल्लो सदनमा भएको मतदानमा महाअभियोगको पक्षमा २३२ र विपक्षमा १९७ मत परेको थियो। ट्रम्पविरूद्ध बहुमतले पारित भएको महाअभियोग अब माथिल्लो सदन सिनेटमा पठाइने छ।

गत साता संसद भवनमा हिंसा भड्काउन आफ्ना समर्थकलाई उक्साएको आरोपमा ट्रम्पमाथि महाअभियोग लगाइएको हो। महाअभियोग प्रस्तावमा ट्रम्पकै रिपब्लिकन पार्टीका १० सांसदले मतदान गरेको न्यूयोर्क टाइम्सले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

ट्रम्पको कार्यकाल सकिन अब एक साता बाँकी छ। माथिल्लो सदन सिनेटबाट महाअभियोग प्रस्ताव पारित हुन केही समय लाग्न सक्छ।

ट्रम्पको कार्यकाल सकिए पनि उनीविरूद्धको महाअभियोग सिनेटबाट पनि पारित भए आउने राष्ट्रपतीय चुनावमा उनी सहभागी हुन पाउने छैनन्।

यसअघि गत वर्ष पनि ट्रम्पविरूद्ध महाअभियोग प्रस्ताव ल्याइएको थियो। तल्लो सदनबाट प्रस्ताव पारित भए पनि सिनेटले उनलाई सफाइ दिएको थियो।

यसपालि सिनेटमा पनि डेमोक्र्याटहरूको बहुमत भएकाले ट्रम्पविरूद्धको महाअभियोग पारित हुने अपेक्षा गरिएको छ।

प्रतिकृया