• 12:59 am

पत्रकारसँग डराउनुपर्ने अवस्था आयोः संचारमन्त्री गुरुङ

प्रकाशित मिति

January 12, 2021

काठमाडौंः सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले अहिलेको समाचारले सामाजिक द्वन्द्व बढाउन थालेको भन्दै सचेत भएर कार्यसम्पादन गर्न पत्रकारहरूलाई आग्रह गरेका छन् ।

मंगलबार मन्त्रालयमा पत्रकार महासङ्घ काठमाडौं जिल्ला शाखाका प्रतिनिधिसँगको भेटमा मन्त्री गुरुङले अहिले भइरहेको पत्रकारिताले समाजमा द्वन्द्व बढाउन थालेको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

मन्त्री गुरुङले समाचारको माध्यमबाट समाज रुपान्तरण र द्वन्द्व व्यवस्थापन गर्न सकिने भए पनि अहिले ठिक उल्टो पत्रकारिता भइरहेको बताउँदै अहिले पत्रकार देख्नेबित्तिकै डराउनुपर्ने अवस्था रहेको उनले टिप्पणी गरे ।

सरकारले राम्रो काम गरे पनि विरोध नै गर्नुपर्ने भन्दै पत्रकारिता पेसाको सम्मानका लागि सच्चिनुपर्ने आवश्यकता रहेको बताए ।

राम्रो कामको प्रशंसा प्रतिपक्ष दलले गरेको भए पनि सञ्चार जगत किन पूर्वाग्राही भएको भन्दै आश्चर्य व्यक्त गरे ।

मन्त्री गुरुङसँगको भेटमा काठमाडौं शाखाले विभिन्न माग समेटेको १६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको थियो ।

प्रतिकृया