• १३ असोज २०८३, मंगलबार
  • १२ः३६ राती

प्रधानसेनापति थापाले गरे ‘पृथ्वी नारायण शाह अध्ययन केन्द्र’ को समुद्घाटन

प्रकाशित मिति

२०७७ पुष २७ गते, सोमबार ०१:२७

काठमाण्डुः नेपाली सेनाले आज नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै ‘पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस’ मनाएको छ ।

National Life

पृथ्वी नारायण शाहको २ सय ९९औं जन्म जयन्तीको अवसरमा सेनाले जङ्गी अड्डास्थित श्री ५ पृथ्वी नारायण शाहको शालिकमा सलामी तथा सम्मान अर्पण गर्दै पृथ्वी जयन्ती मनाएको हो ।

साथै सेनाले ‘पृथ्वी नारायण शाह अध्ययन केन्द्र’ समुद्घाटन समेत गरेको छ । प्रधान सेनापति महारथी पूर्ण चन्द्र थापाले अध्ययन केन्द्रको उद्घाटन गरेको सेनाले जानकारी दिए ।

Classic Tech Mobile
Classic Tech Desktop

गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा वि।सं। १७७९ पुस २७ गते जन्मिएका शाहले बाइसे–चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेका थिए ।

भौगोलिक रुपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ ।

 

प्रतिकृया