• १० असोज २०८३, शनिबार
  • ८ः०५ राती

केपी ओली रेलमा, भ्रष्टाचारी जेलमा/ प्रधानमन्त्री समर्थकको र्‍याली

प्रकाशित मिति

२०७७ पुष २५ गते, शनिबार ०२:१८

काठमाडौँ -नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली समूहले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा काठमाडौंमा र्‍याली निकालेको छ।

National Life

काठमाडौंको नयाँ बानेश्वर, सुन्धारा, माइतिघर मण्डला, जमल लगायतका स्थानबाट निस्केको र्‍याली प्रज्ञा प्रतिष्ठान पुगेर कोणसभामा परिणत भएको छ।

प्रधानमन्त्री ओलीका समर्थकले ‘नेपाली जनता के भन्छ, केपी ओली ले भन्छ’, ‘गाउँबेँसी सहर, ओलीको छ लहर’, ‘केपी ओली रेलमा, भ्रष्टाचारी जेलमा’ लगायतका नारा लगाएका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

ओली पक्षीय राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेश कमिटीको आयोजनामा र्‍याली निकालिएको हो। सरकारले संसद विघटन गरेपछि अहिले त्यसको पक्ष र विपक्षमा देशभर प्रदर्शन भइरहेको छ।

प्रतिकृया