• ९ असोज २०८३, शुक्रबार
  • ५ः४७ बिहान

प्रभु बैंक र फोन पेबीच सहकार्य, कालिमाटी बजारमा क्यूआर कोड सेवा सञ्चालन

प्रकाशित मिति

२०७७ पुष २४ गते, शुक्रबार ०६:०१

काठमाडौँ – प्रभु बैंक लिमिटेडले फोन पेसँगको सहकार्यमा नगद कारोबारलाई क्रमशः विस्थापित गर्दै डिजिटल भुक्तानीलाई प्रवद्र्धन गर्ने उद्देश्यले काठमाण्डौ स्थित कालिमाटी फलफूल तथा तरकारी बजारमा कारोबार गर्दा क्यू आर कोड मार्फत् भुक्तानी गर्न मिल्ने सेवा सञ्चालनमा ल्याएको छ ।

National Life

आज कालिमाटी फलफूल तथा तरकारी बजारको प्राङग्णमा आयोजित एक समारोहमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कालिमाटी फलफूल तथा तरकारी बजार समितिलाई क्यू आर कोड हस्तान्तरण गरी सेवा सञ्चालनको समुद्घाटन गरेका हुन् ।

समुद्घाटन मन्तव्य राख्ने क्रममा प्रमुख अतिथि अधिकारीले नेपालको बैंकिङ्ग क्षेत्रमा सूचना प्रविधिको उच्चतम् प्रयोगबाट समग्र आर्थिक कारोबारमा सरलता र सहजता आएको सन्दर्भ जोड्दै प्रभु बैंक र फोन पे को संयुक्त पहलमा फलफूल तथा तरकारी बजारमा हुने आर्थिक कारोबारको लागि नगदै बोक्नु पर्ने झण्झट हटेको बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

कार्यक्रममा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले प्रभु बैंकले सूचना प्रविधिको अधिकतम् प्रयोग गर्दै ग्राहकहरूलाई समय सपेक्ष नविनतम् बैंकिङ्ग सेवा प्रवाहमा कटिवद्ध रहेको बताए ।

 

 

प्रतिकृया