• १० असोज २०८३, शनिबार
  • १०ः१७ राती

राष्ट्रपति रहुन्जेल ट्रम्पले फेसबुकमा लेख्न नपाउने

प्रकाशित मिति

२०७७ पुष २४ गते, शुक्रबार ०८:०९

एजेन्सी:सामाजिक सञ्जाल फेसबुकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई राष्ट्रपति रहुन्जेल फेसबुकमा लेख्न नदिने भएको छ।

National Life

फेसबुकका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले बुधबार संसद भवनम ट्रम्पको उक्साहटमा उनका समर्थक फैलाएको हिंसापछि उनलाई फेसबुकको सेवा दिइरहनु चुनौतीपूर्ण हुने बताएका छन्।

‘राष्ट्रपतिलाई बाँकी समय पनि हाम्रो सेवा दिइरहनु निकै चुनौतीपूर्ण छ भन्ने लाग्छ,’ जुकरबर्गले फेसबुकमा लेखेका छन्,’त्यही भएर शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण नभएसम्म फेसबुक र इन्स्टाग्राममा उनीमाथि लगाइएको प्रतिबन्ध जारी रहनेछ।’

Classic Tech Mobile
Classic Tech Desktop

यसअघि अर्को सामाजिक सञ्जाल ट्वीटरले बुधबारको संसद हिंसापछि ट्रम्पको ह्यान्डल १२ घन्टाका लागि लक गरिदिएको थियो।

ट्वीटरले त्यसपछि भने उनको ह्यान्डल खोलिदिएको छ।

बिहीबार ट्रम्पले ट्वीटरमा भिडिओ पोष्ट गर्दै जनवरी २० मा आफूले बाइडेन प्रशासनलाई शान्तिपूर्ण तरिकाले सत्ता हस्तान्तरण गर्ने बताएका छन्।

प्रतिकृया