• २७ भदौ २०८३, शनिबार
  • ७ः५२ बिहान

बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहक महानुभावहरुलाई साक्को रिसोर्टमा १०% छुट

प्रकाशित मिति

२०७७ पुष २० गते, सोमबार ०३:३७

काठमाडौंः बैंक अफ काठमाण्डू लिमिटेड र साक्को रिसोर्ट बिच बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा बैंकको आदरणीय ग्राहक महानुभावहरुलाई १०% छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

National Life

यस सम्झौता पश्चात् ग्राहक महानुभावहरुले साक्को रिसोर्टको सेवाहरु उपभोग वापत बैंकको कार्ड प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मुल्यको १०% छुट पाउनुहुनेछ । साक्को रिसोर्टले काठमाण्डौं जिल्लाको साँखुबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।

उक्त सम्झौतामा बैंकका साँखु शाखा कार्यालयका शाखा प्रबन्धक श्री बैकुण्ठ कुमार सैंजुज्यू र साक्को रिसोर्टका प्रमुख श्री श्रीबन्त लाल श्रेष्ठज्यूूले हस्ताक्षर गरे ।

Classic Tech Mobile
Classic Tech Desktop

बैंक अफ काठमाण्डू लिमिटेडले ९१ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

 

प्रतिकृया